Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

वायु प्रदूषणका कारण उडानहरू प्रभावित


काठमाडौं । अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो ।

जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ । यस्तै यती एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ । यस्तै बुद्ध एयरकै पोखरा उड्नुपर्ने जहाज, यतीको पोखरा नै उड्नुपर्ने अर्को जहाज पनि डिले भएका छन् ।

आज श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सको रुकुम उडान भने सफल भएको छ ।

यस्तै अन्तराष्ट्रितर्फका केही उडान पनि ढिले भएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट