धरानको चार कोशे जङ्गलमा एक युवतीको शव भेटियो

धरान, २६ चैत । धरानको चार कोशे जङ्गलमा एक युवतीको शव भेटिएको छ।
पहिचान नखुलेकी युवतीको बेवारिसले शव भेटिएपछि शव पहिचान गर्न सहयोग गर्न ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक अपिल गरेको छ।
सुनसरी धरान उपमहानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा तत्काल नामथर, वतन नखुलेको वेवारिसे महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरनका डिएसपी प्रकास जबेगुले बताए। उनले शव पहिचानका लागि सहयोग गर्न कोशी प्रदेशका सबै नागरिक र प्रहरी कार्यालयहरूलाई अनुरोधसहितको अपिल गरिएको बताए।
शव फेला परेकी युवती अन्दाजी ३० वर्षकी मंगोलियन अनुहारकी छन्। उनको नाकमा नत्था, कानमा टप लगाएकी, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी, हातमा द्ययबिलय घडी र सेतो ब्रासलेट लगाएकी छन्। सेतो खैरो रंगको जुत्ता लगाएकी छन् । ती युवतीको कसैले जङ्गलमा ल्याएर हत्या गरेको हुन सक्ने डिएसपी जबेगुले बताए।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया