सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलायो

काठमाडौं, २६ चैत । देशभरबाट काठमाडौं आएर आन्दोलन गरिरहेका शिक्षकहरूलाई सरकारले वार्तामा बोलाएको छ । यसअघि पनि सरकारले उनीहरूलाई वार्तामा बोलाएको थियो ।
तर शिक्षकहरू वार्तामा बस्न मानेका छैनन् । उनीहरुले लगातार काठमाडौंमा २० चैतदेखि प्रदर्शन गरिरहेका छन् । शिक्षा मन्त्रालयले मंगलबार शिक्षकहरूलाई तेस्रोपटक वार्तामा बोलाएको हो ।
शिक्षा मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी बुधबार वार्तामा आउन शिक्षक महासंघलाई आह्वान गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया