Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता


काठमाडौं । नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा रहेको ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर हिजो बेलुका दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय छोरा स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले जानकारी दिए ।

दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन् । भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीसँग गोताखोर नभएकाले अहिले बिहानदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट