पूर्वी तराईको इलाम, झापा, मोरङलगायत जिल्लामा वर्षा

काठमाडौं, २७ चैत । पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको इलाम, झापा, मोरङलगायत जिल्लामा वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार, पछिल्लो ६ घण्टामा इलामको कन्काईमा ११.४ मिलिलिटर वर्षा मापन भएको छ । यस्तै, झापाको अनारमनीमा १०.८ मिलिलिटर, झापाको गौरादहमा १०.८ मिलिलिटर, झापाकै शनिश्चरेमा ८.२ मिलिलिटर वर्षा मापन भएको छ र
वर्षा नहुँदा नेपालमा वायु प्रदूषण बढेको छ । जसले आँखा पोल्ने, टाउको दुख्नेलगायत समस्या देखिरहेका छन् । काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,” मौसमविद् रोजन लामिछानेले भने ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया