Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

राजावदी हिंसामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोग प्रदान


काठमाडौँ, २७ चैत । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन् ।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।

उक्त घटनामा ज्यान गुमाएकाहरुलाई सरकारले जनही दस लाख रुपैयाँ दिने घोषण गरेको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पनि पाँच लाख रुपैयाँ प्रदान गरिसकेका छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट