Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

झापामा चट्याङले लागेर एक जनाको मृत्यु


झापा, २७ चैत । झापामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। चट्याङले लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका ३ आरुभोटे स्थायी घर भई हालः झापा गौरादह नगरपालिका ५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय गोमनाथ चेम्जुङको खेती अधिया गरी बस्दै आएका लावतीलाई आज बिहान ७ बजे भान्सा कोठामा खाजा खाने क्रममा चट्याङले लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापश्चात् इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहको टोली शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट