Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक

रवि थुनामा परेपछि महाधिवेशनको निर्धारित मिति परिवर्तन गर्ने तयारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधवारको बैठकलाई बिहीबार पनि निरन्तरता दिने गरी स्थगित गरिएको जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको छ । उनले २०८२ वैशाख ४ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिए ।

रास्वपाले वैशाख अन्तिम साता महाधिवेशन गर्ने तय गरे पनि सभापति लामिछाने पुर्पक्षका लागि थुनामा परेपछि निर्धारित मिति परिवर्तन गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट