Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी निरीक्षकको मृत्यु


बबई (बर्दिया), २८ चैत । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सहायक प्रहरी निरीक्षक टोप बहादुर बस्नेतको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत रहेका बस्नेत बुधवार नेपालगन्जबाट गुलरिया आउँदै गर्दा गुलरिया नेपालगन्ज सडक अन्तर्गत हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए ।

बस्नेतले चलाएको मोटरसाइकल टयाक्कटरको ट्रलीमा ठोकिएर घाइते भएको र उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटो मानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए

बस्नेत फरार अभियुक्त खोज्ने क्रममा बाकेको पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट