नेपाल बार चुनावमा रमणलाई हराउँदै मिश्र प्यानल विजय

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रको प्यानलै विजयी भएको छ । उनी प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठभन्दा दोब्बर मतले विजयी भएका छन् ।५ हजार ५२ मत प्राप्त गर्दै मिश्र बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए ।
मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपानिकट कानुन व्यवसायीका संगठनहरूको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार थिए । श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपा निकट कानुन व्यवसायीको प्यानलबाट निर्वाचनमा भिडेका थिए ।
गठबन्धन नगरीकन एकल निर्वाचन लडेको भए श्रेष्ठको जित सुनिश्चित जस्तै थियो । बलिया उम्मेदार श्रेष्ठलाई हराउन कांग्रेस, एमाले र प्रतिगमनकारी विचार बोकेको राप्रपा समेतको गठजोडमा श्रेष्ठलाई हराएको माओवादी निकट कानुन व्यवसायीहरुको आरोप छ ।
निर्वाचित हुनेहरुमा नेपाली कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्षसहित १२, नेकपा एमालेनिकट प्रगतिशील व्यवसायिक लयर्स एसोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपानिकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया