सरकाले बोलायो वार्ता, शिक्षकले सुनाउने सर्त

काठमाडौं, २८ चैत । आन्दोलनरत शिक्षकलाई सरकारले बिहीबार साँझ ५ बजे वार्ताका लागि बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्तामा बोलाएको हो । तर, शिक्षक महासंघले भने यसलाई वार्ताभन्दा पनि आफ्नो सर्त सुनाउन जाने बताएको छ ।
‘केही वार्ताका लागि होइन, बस् हाम्रा सर्त सुनाउनका लागि आजको आन्दोलन सकिएपछि जान्छौँ । सर्त सुनाउँछौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘त्यसपछि सरकारले हामीले भनेअनुसार पोजिसन क्लियर गर्यो भने बल्ल वार्ताका लागि सोच्ने हो ।’
सरकारले वार्तामा बोलाएपछि महासंघले बुधबार नै वार्ता समिति बनाएको छ । यसअघि भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । २० चैतदेखि उनीहरूको प्रदर्शन जारी छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया