रामेछापको कठजोर ठाँटीमा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं। रामेछापको मन्थली नगरपालिकाको कठजोर ठाँटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मन्थली नगरपालिका–३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको जिप दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्। घाइतेहरू सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको छ ।
दुर्घटना भएको बोलेरो सडकबाट तल खसेको थियो। पानी परेर सडक चिप्लो भएको र क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले दुर्घटना भएको हुन सक्ने स्थानीयको भनाई छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया