Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

गुल्मीमा हावाहुरीले ३० भन्दा बढी घरको छाना उडायो


गुल्मी, २९ चैत । गुल्मीमा बिहीबार पानीसँगै चलेको हावाहुरीले ३० बढी घरको छाना उडाएको छ । बुधवार र बिहीबार वर्षा र चट्याङ्गसहित चलेको हावाले ३० घरसङ्गै विद्यालय र सहकारीलाई क्षति पुराएको छ ।

३६ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गङ्गा बहादुर सारूका अनुसार धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दबास बस्ने कृष्ण विष्ट र देवकला महतको घरको छाना उडाएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिका–४ का पूर्ण प्रसाद पाध्याको घर, अरुण गैरेको होटल, धुर्कोट गाउँपालिका–५ का इश्वर सुनार, गिर बहादुर पुन मगर, गोरे बहादुर सार्की, तुल्सा भण्डारी, तेज बहादुर घर्ति, फर्सुराम पचभैया मगरको घरको छाना हावाले उडाएर क्षति गरको सारुले जानकारी दिए । त्यस्तै मालिका गाउँपालिका–४ अर्खाबाङ्गका सुरेश अर्याल, शिवलाल अर्याल, जमुना लम्साल, हिरालाल अर्याल, अरुण बुढा मगर, खिम बहादुर घर्ति, थमने कामी र सिता अर्याल घरको छाना हावाले उडाएको छ । मालिका गाउँपालिका–२ का अगुना रविन्द्र विश्वकर्माका अनुसार रिमा घर्ति, कविराम विक र फुलमाया विकको घरको छाना उडाएको छ ।

त्यस्तै अर्खाबाङ्ग माविको कम्प्युटर ल्याब, पुस्तकाले र शौचालयको छाना हावाले उडाएको छ । जसको कारण ठूलो क्षति भएको छ । सोही वडाकै अर्खाबाङ्ग कृषि तथा महिला सहकारीको भवन पनि हावाले उडाएर क्षति गरेको अर्यालले बताए । कालिगण्डकी गाउँपालिका–३ का रुक बहादुर श्रीस, सन्तकली राना र लालबिर रानाको घरको छाना उडाएको प्रहरीले जनाएको छ । हावाले मध्यरातमा घरका छाना उडाएपछि पीडित परिवार बिचल्लीमा परेका छन् ।

रातको समयमा हावाहुरी र चट्यांङ्गले ज्यान जोगाउन समेत मुस्किल परेको पीडित मालिका गाउँपालिका–४ का सुरेश अर्यालले बताए । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले पालिकाहरु मार्फत पीडित व्यक्तिहरुको आधिकारीक विवरण र क्षतिको अवस्था माग गरेकाले प्राप्त भएपछि राहतको लागि तीनै तहकार सरकारलाई आग्रह गर्ने बताए । उनले आफूहरूसँग छुट्टै स्रोत नभएकाले पालिकाहरुलाईनै आग्रह गर्ने अवस्था रहेको बताए ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट