Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

दुर्गा प्रसाईँलाई कस्तो मुद्दा लाग्छ ?


काठमाडौं, २९ चैत । काठमाडौंको तीनकुनेमा यही चैत १५ गते राजावदी प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न हुँदा त्यसको छायाङ्कन गरिरहेका एक पत्रकारको एउटा भवनमा जलेर मृत्यु भएको थियो। अर्का एक व्यक्तिको प्रहरीले प्रहार गरेको गोली लागेर ज्यान भएको थियो।

राजावादी पक्षले उक्त दिन आफूहरूमाथि चर्को दमन गरेको आरोप लगाउँदै आएका छन्। तीनकुनेमा भएको कार्यक्रम हिंसात्मक भएपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीसहित करिब १७० जनालाई पक्राउ गरेको थियो।

प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहँदा तीनकुनेबाट प्रहरीको घेरा तोडेर बाहिरिएका दुर्गा प्रसाईँ त्यसलगत्तै भारत गएको अनुमान प्रहरीले गरेको थियो।

प्रसाई तीनकुनेमा भएको हिंसामा संलग्न भएको र उनले राज्यविरुद्ध र सङ्गठित अपराध गरेको आरोप प्रहरीले लगाएको छ। उनलाई ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने तयारी भएको एक प्रहरी अधिकारीले बताए ।

प्रदर्शन भएको दिन प्रसाई प्रहरीको घेरा तोड्न डरलाग्दो गरी गाडी चलाएर अगाडि बढेका थिए। उनले गाडीभित्रैबाट समर्थकहरूलाई अघि बढ्न आह्वान गरेका थिए। त्यसपछि तीनकुनेमा आयोजित सभामा प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनले माइकबाट त्यसो नगर्न आह्वान गरेको देखिने भिडिओहरू पनि सार्वजनिक भएका छन्।

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार झापामा पक्राउ गरिएको जानकारी दिए।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाण्डू ल्याइँदै गरिएको बेहोरा जानकारी गराइन्छ,ू प्रहरी प्रवक्ता आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट