Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

नापी विभागको वेबसाइट ह्याक, ‘राजा आऊ देश बचाऊ’ सन्देश


काठमाडौं, वैशाख २९ – नेपाल सरकारको नापी विभागको आधिकारिक वेबसाइट ह्याक भएको छ। ह्याकर समूहले आफूलाई ‘Hacktivist Nepal’ भनेर चिनाउँदै, “राजा आऊ, देश बचाऊ” भन्ने नारा र पुरानो राष्ट्रगान ‘श्रीमान् गम्भीर’सहितको सन्देश वेबसाइटमा राखेका छन्।

वेबसाइटमा राखिएको सन्देशमा लेखिएको थियो, “We’re the youth guarding the internet. We’re Anonymous — no forgiveness, no forgetfulness. Revenge is delayed but not forgotten. In the digital age, security is just a myth.”

साथै, उनीहरूले एक टिप्पणीमार्फत वर्तमान लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्,

“नेपालमा लोकतन्त्रका कारण भ्रष्टाचारको स्तर उच्चतम बिन्दुमा पुगेको छ। राजनीतिक अस्थिरता र पार्टीगत स्वार्थले जनताको भलाइको स्थानमा व्यक्तिगत फाइदालाई प्राथमिकता दिएका छन्। ह्याक्टिभिस्ट नेपाल राजतन्त्रको पुनर्स्थापना पक्षमा रहेको छ, जसले राष्ट्रिय एकता, दीर्घकालीन स्थिरता र भ्रष्टाचारमुक्त शासनको सम्भावना खोल्न सक्छ, र नेपालको सही मार्गदर्शन सुनिश्चित गर्न सक्छ।”

यस घटनाबाट सरकारी डिजिटल सुरक्षाप्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। यद्यपि, हालसम्म न त ह्याकरको पहिचान खुलेको छ न त सरकारी निकायबाट आधिकारिक धारणा आएको छ।

साइबर सुरक्षासम्बन्धी विज्ञहरूका अनुसार यस्तो गतिविधिले राष्ट्रिय सुरक्षामै खतरा निम्त्याउन सक्छ र सरकारले यस्ता घटनालाई गम्भीर रूपमा लिन आवश्यक छ।

अहिले वेबसाइट पहुँच अस्थायी रूपमा बन्द गरिएको छ र प्रविधि टोली पुनः सञ्चालनमा जुटेको बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट