Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

आफूलाई कारागार पठाउने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रवि लामिछानेद्वारा सर्वोच्चमा रिट


काठमाडौं, २९ चैत । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

लामिछानेले उच्च अदालतको आदेशविरुद्ध शुक्रबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा एक करोड रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट