बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा बागलुङमा दुई महिला पक्राउ

बागलुङ, २९ चैत । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा बागलुङ प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।
यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले ढोरपाटन नगरपालिका वडा नं १ को बुर्तिवाङ बजारबाट ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तमानखोला गाउँपालिका–१ की ४० वर्षीया प्रितिमा विक र बुर्तिवाङमै बसन्त रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालन गर्दै आएकी मकवानपुरको कैलाश गाउँपालिका ९ की ३७ वर्षीया खिमकुमारी बोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बिजय यादवले बताए । उनीहरुले १६ वर्षीय किशोरीलाई ४ वर्षदेखि होटलमा राखेर ग्राहकसँग पैसा लिएर यौन व्यवसायमा लगाएको खुलेको हो । त्यसबाट उनीहरुले पैसा समेत कमाएको खुलेको प्रहरीले बतायो । सुराकीको आधारमा प्रहरीले छापा मारेर प्रमाणसहित पक्राउ गरेको बताएको छ । पीडितको जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने सबुत समेत बरामद गरेको छ ।
अभियुक्तलाई मानवेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अर्न्तगत वेश्यावृत्तिमा लगाउन नहुने सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान पनि थालेको यादवले जानकारी दिए । उक्त घटनापछि सोही प्रकृतिका अन्य स्थानमा पनि प्रहरीले निगरानी बढाएको छ ।
क्याटेगोरी : जनमञ्च, पालिका, समाचार
प्रतिक्रिया