Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन १० दिन पुग्यो, अझै आन्दोलन जारी राख्ने


काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेको आज १० दिन पुगेको छ । देशभरका शिक्षकले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शनमा गर्दै आएका हुन् । उनीहरूले लगातार काठमाडौंको माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

सरकारसँग संवाद थालनी गरे पनि शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । आन्दोलनरत शिक्षक र सरकारबीच हिजोदेखि वार्ता सुरू भए पनि सहमति हुन सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री विद्या भट्टराई तथा मन्त्रालयका सचिव डा. दीपक काफ्लेसहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीसहितको टोली वार्तामा सहभागी छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको भन्दै यसले समाधान नदिने बताएका छन् । नेकपा एमालेले आज बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरूले सडकमा गएर प्रदर्शन गर्नुनपर्ने बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट