Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो


चीनले विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर कीर्तिमान बनाएको छ ।

झन्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसीअन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका चीनको हवाई उद्योग निगम (एभीआईसी) ले बताएको छ ।

हाइड्रोजनको विशेष ऊर्जात्मक गुणलाई ध्यानमा राखी यस ड्रोनले प्राविधिकरूपमा ठूलो उपलब्धि हासिल गरेको विकासकर्ताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ड्रोनलाई उडाउनको लागि चालकविहीन गाडीको छतमा राखेर चलाइएको थियो । उडानको क्रममा ड्रोनले आफ्नो बोर्डमा रहेको प्रविधिमार्फत जमिनबाट टाढा रहेर पनि स्थायी रूपमा निगरानी गर्न सक्ने क्षमता देखाएको थियो ।

यसले हाइड्रोजन ड्रोनको प्रयोगको सम्भावना बढाएको चिनियाँ अधिकारीले बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट