Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु


तनहुँ, ३० चैत। तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामी डाँडा बस्ने इसुब विकको ९ वर्षकी छोरी अनुजा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

शुक्रवार साँझ ६ः ३० बजे फुपू दिदी फूलमाया विकको घरमा बत्ती लिन गएको बेला चितुवाको आक्रमण परि मृत्यु भएको उनले बताए । प्रनाउ थापाका अनुसार बालिका घर नर्फिए पछि उनका काका देवल बिकले खोजतलास गर्ने क्रममा चितुवाको आक्रमणबाट मृत अवस्थामा फेला पारेका थिए । बाटो रगत चप्पल देखि खोजी गर्दै जाने क्रममा घरबाट एक हजार पाँच सय मिटर कटुस घारीमा टाउको घाँटी टोकी दाहिने खुट्टाको साप्रा खाई मृत अवस्थामा फेला परेको थियो ।

बस्तीमा पसेर मानिसलाई आक्रमण गरी मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएको र नरभक्षी चितुवालाई नियन्त्रण लिन पासो थाप्न र खोजी गर्न सुरक्षा निकाय र डिभिजन वन कार्यालय तनहुँलाई आग्रह गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट