Techie IT
Samayabaddha
आईतबार, ३० चैत्र, २०८१

वीरगञ्जमा कर्फ्यु जारी


वीरगञ्ज, ३० चैत । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि यहाँ कर्फ्यु लगाइएको छ

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । हिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए ।

सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो ।

 


क्याटेगोरी : जनमञ्च, पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट