Techie IT
Samayabaddha
आईतबार, ३० चैत्र, २०८१

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी


काठमाडौं, ३० चैत ।काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज शनिबार आगलागी भएको छ । हाल जुद्ध वारुणयन्त्रका तीन दमकल उक्त क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र वारुणयन्त्रका तीन दमकल घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

आगलागीको कारण खुल्न सकेको छैन । रासस


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट