Techie IT
Samayabaddha
आईतबार, ३० चैत्र, २०८१

बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते


काठमाडौं, ३० चैत । काठमाडौंमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

परिचय नखुलेका ती व्यक्तिको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरमा सवार एकरएकजनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए । रासस


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट