पेप्सीकोलामा दिनदहाडै ६० लाख लुटपाट, १३ जना पक्राउ

काठमाडौं । काठमाडौंको पेप्सीकोलाबाट दिनदहाडै ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् ।
लुटपाटमा संलग्न आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । लुटिएको ३० लाख रुपैयाँ रिकभर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । लुटिएका व्यक्ति पनि अहिले प्रहरीको सम्पर्कबाट बाहिर रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृत भन्छन्– ‘बुधवार साँझ ८ बजेतिर लुटिएको रहेछ, संलग्नहरूबारे अनुसन्धान हुँदैछ ।’ प्रहरीले पीडितको पहिचान सार्वजनिक गरेको छैन ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया