Techie IT
Samayabaddha
मंगलबार, २ वैशाख, २०८२

काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


काभ्रेपलाञ्चोक, ३१ चैत । काभ्रेको मण्डनदेउपुर नगरपालिका–२, ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउन्डभित्र टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान मिस्टिक माउन्टेन होटलमा बालुवा अनलोड गर्न टिपरलाई पछाडि गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बालुवा अनलोड गर्ने क्रममा डिलबाट झन्डै सात मिटर तल टिपर खस्दा च्यापिएर घोरासैनीको मृत्यु भएको हो । रासस


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट