Techie IT
Samayabaddha
मंगलबार, २ वैशाख, २०८२

ललितपुर मंगलबार नजिक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटियो


काठमाडौं। ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ ।

उक्त शवको पहिचान समेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छिन् । उनी यही चैत ११ गतेदेखि हराएको बुझाइएको उनले बताए ।

एक व्यक्ति डेरा सरेर उक्त घरमा गएका थिए । पानीट्यांकी फोहर भएको किरा समेत बाहिर आएको देखेपछि सफा गर्न भनेर छिर्दा शव फेला परेको एसएसपी अधिकारी बताउँछन् ।

बिहीबार शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । पोस्टमार्टम गरेर शवको सनाखत समेत भइसकेको प्रहरीले बताएको छ ।

मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् । करिब २०–२५ दिनअघि मात्रै उनीहरु त्यहाँबाट डेरा सरेका थिए । डेरा छोडेर गएकै घरको पानीट्यांकीमा शव भेटिएको हो ।

बालिकाको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट