Techie IT
Samayabaddha
मंगलबार, २ वैशाख, २०८२

काठमाडौं उपत्यकासहित केही ठाउँमा वर्षा


काठमाडौं । आज पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रसहित देशका केही ठाउँमा पानी परेको छ । काठकाडौंको साँखु र ललितपुरको खुमलटारमा एक घण्टामै १२ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

आज काठमाडौं उपत्यकालगायत बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रे र दोलखा जिल्ला आसपासको क्षेत्र, कोशी प्रदेशको पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जिल्ला आसपासको क्षेत्र तथा कर्णाली प्रदेशको जुम्ला र दैलेख जिल्ला आसपासको क्षेत्रका केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अहिले केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो । पर्सि बुधवारसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा राति आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । तर दिउँसोदेखि बेलुकासम्म छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

आउँदो बिहीवारदेखि भने पुनः पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान्छ । बिहीवारपछिको वर्षाले हिउँदे बाली थन्क्याउन असर पुर्‍याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ ।

पहाडी तथा तराई भेगमा अहिले गहुँ, दलहन र तेलहन बाली भित्र्याउने बेला भएको छ । राति आकाश खुलेर बिहान घामसमेत लाग्ने हुनाले कतिपय ठाउँमा किसानहरूले बालीनाली काट्न पनि थालेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट