Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

शिक्षकहरु आज पनि सडक आन्दोलनमा


काठमाडौं, २ वैशाख । असन्तुष्ट शिक्षकहरू आज (मङ्गलबार) पनि सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरू आज मध्यान्हदेखि काठमाडौंका सडकमा उत्रिएका हुन् ।
आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।

शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकास उनीहरूको माग छ । चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहँदा हालसम्म सरकारले सम्बोधन गरेको छैन ।

सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ ।

शिक्षकहरूले आइतबार नयाँ वर्षको दिन पनि आन्दोलनलाई निरन्तरता दिएका थिए ।

गगन र विश्वप्रकाशले गरे आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल

शिक्षकका माग सम्बोधन गर्न शिक्षा, गृह र अर्थमन्त्रीबिच छलफल


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट