उसु टोली सिक्किम प्रस्थान

काठमाडौं, २ वैशाख । प्रथम मुख्यमन्त्री सिक्किम उसु प्रो नाइट फाइटमा सहभागी हुन मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली मंगलबार सिक्किमको गङटोक प्रस्थान गरेको छ । बुधबार हुने प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजिव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसंग सिक्किम जाने छन् । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले बिदाइ गर्नुका साथै टोलीलाई व्यक्तिगत रुपमा ट्रयाकसुट पनि प्रदान गरेको प्रशिक्षक महर्जनले जनाएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया