Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

वीरगञ्जमा तीन जना पत्रकारमाथि भएको आक्रमणप्रति महासंघको ध्यानाकर्षण


काठमाडौं, ३ वैशाख । समाचार संकलनका क्रममा वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीको आक्रमणमा परी तीन जना पत्रकार घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ जनाएको छ ।

वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझामाथि ढुंगा र लाठी प्रहार भएको जानकारी महासंघ एसोसिएट प्रदेश समिति र पर्सा शाखाबाट प्राप्त भएको छ ।

पत्रकारमाथि भएको यस किसिमको आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको महासंघका महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जुनसुकै पक्षबाट भए पनि यो कदमले पत्रकारको संवैधानिक सुनिश्चिता र नागरिकको सुसूचित हुने अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।

महासंघले पत्रकार र नागरिक सूचनाको अधिकारविरोधी यो कदमको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न र प्रेसको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । साथै, घाइते पत्रकारको स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचारको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट