सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला

सप्तरी, ३ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ हरिपुर टोलस्थित वडा कार्यालयबाट तीन सय मिटर दक्षिणतर्फ रहेको कुसुमलाल साहको पोखरीको छेउमा महिलाको शव फेला परेको हो ।
सुरुङ्गा नगरपालिका ७ निवासी नागेन्द्र रामकी २० वर्षीया छोरी पूजाकुमारी रामको शव घाँस पातले छोपिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घटनास्थललाई सुरक्षित राखेर मधेश प्रदेश प्रहरी कार्यालय केनाइन शाखा लालगढ धनुषाबाट कुकुर समेतको टोली खटी अनुसन्धान कार्य भइरहेको उनले बताए । प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
मृत्युको कारण खुल्न सकेको छैन, पोस्टमार्टमको रिपोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया