Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा बनेको पार्क पर्यटकको रोजाइमा


सुलीकोट, ४ वैशाख । गोरखाको बारपाक सुलीकोट गाउँपालिका– ८ जराङमा तत्कालिन माओवादीले थालेको सशस्त्र जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको नाममा रहेको दिलबहादुर रम्तेल पार्क आन्तिरिक तथा बाह्रय पर्यटकको रोजाइमा परेको छ ।

गोरखा सदरमुकामबाट झण्डै ३२ किलोमिटर नजिक रहेको रमणीय स्थल ताकुकोटको जराङस्थित दिलबहादुर रम्तेल पार्कमा आन्तरिक तथा बाह्रय पर्यटकहरू एक पटक रम्तेल पार्क आउने गरेका बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

‘‘अहिले दिलबहादुर रम्तेल पार्क अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिनानु दिन बढ्दै गएको छ,’’ अध्यक्ष भट्टले भने, “दिलबहादुर रम्तेल पार्कमा २०५२ फागुन १ गतेदेखि सशस्त्र जनयुद्ध विस्तृत शान्ति सम्झौतासम्मका घटनाहरूको विवरण चित्रहरू हेरेर इतिहासबारे चासो राख्ने र बुझ्ने काम गर्ने गर्छन् ।”

उक्त पार्कभित्र पिङ, भ्युटाबर, पिकनिक स्र्पोट, फोटोग्राफी जोन, बिचबिचमा पैदलमार्ग टिकट काउन्टर, फोहोर मैला फाल्ने डस्बिन, पार्किङ, ढुङ्गाले छापिएको बाटो र पार्क भित्र बाहिरबाट ल्याइएको दुबोमा पर्यटकहरू बसेर फोटो खिच्ने र केहि समय आराम गर्ने स्थल निर्माणले गर्दा पार्क चिटिक्कै बनेको छ ।

दिलबहादुर रम्तेल पार्कमा साउनदेखि चैतसम्म ३० हजार जनाले पार्क अवलोकन गरेका छन् । तत्कालिन माओवादीले २०५२ फागुन १ गतेबाट सुरु भएको सशस्त्र जनयुद्ध २०५२ फागुन १४ गते तत्कालीन सूर्यज्योति माविको प्राधानध्यापक वीरबहादुर गुरुङलाई सेभ द चिल्डेनको अफिस जलाएको आरोपमा घ्याम्पेसाल प्रहरीले पक्राउ गरेपछि सूर्यज्योति माविका विद्यार्थीहरू र स्थानियले प्रतिकार गर्दा तत्कालिन प्रहरीले गोली चलाउँदा टौवामा बसिरहेका दिल बहादुर रम्तेलको पेटमा गोली लागेर घटनास्थलमा मृत्यु भएको थियो ।

माओवादीले थालेको जनयुद्धमा पहिलो पटक प्रहरीको गोली लागेर मृत्यु भएका रम्तेललाई माओवादी पार्टीले जनयुद्धको पहिलो शहीद घोषण गरी हरेक वर्ष फागुन १४ गते गाउँपालिकाले विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने गरेको अध्यक्ष भट्टको भनाइ छ ।

विसं. २०४१ मा बुवा सेते रम्तेल र आमा सरीमायाँ रम्तेलको कोखबाट जन्मिएका रम्तेल २०५२ फागुन १४ गते ११ वर्षको उमेरमा तत्कालीन प्रहरीको गोली लागेर मृत्यु भएको स्मरणमा बारपाक सुलिकोट गाउँपालिका– ८ जराङमा झण्डै ११ रोपनी जग्गामा पार्क निर्माण गरिएको स्थानीय सूर्यज्योति माविका प्रअ बाबुराम रम्तेलले बताए ।


क्याटेगोरी : पालिका, समाचार
ट्याग : #dil bahadur ramtel, #janayuddha

प्रतिक्रिया


ताजा अपडेट