Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

२ सय ४४ किलोग्राम गाँजासहित ड्राइभर पक्राउ


सर्लाही, ४ वैशाख । लालबन्दी नगरपालिका ११ हिरापुरबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४४ किलोग्राम सहित सोही नगरपालिका १ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाटखटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाईल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाईपक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट