Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

स्याङ्जामा अवैध सुनसहित एक जना पक्राउ


वालिङ (स्याङ्जा), ४ वैशाख । स्याङ्जामा अवैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा बुधबार राति सवारी साधनको चेकचाँज गर्ने क्रममा बिलबिजक नभएको सुनसहित वालिङ–६ का ३६ वर्षीय प्रदिप अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

ग १ ज ८८०९ नम्बरको इभि भ्यानबाट सात तोला ९६९ लाल सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सुनको गुणस्तरको बारेमा परीक्षण पश्चात जानकारी हुने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार बुटवलबाट वालिङतर्फ आउँदै गरेको सवारी साधनबाट सुन जस्तो देखिने बस्तु र चालक नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानमा सुन भएको पुष्टि भए पनि परीक्षण बाँकी रहेका प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट