Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

पत्रकार सुरेश रजकलाई सहिद घोषणाको माग गर्दैै प्रदर्शन


काठमाडौं, ४ वैशाख । गत चैत १५ गते समाचार संकलनको क्रममा काठमाडौंको तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिन आयोग गठन गर्न माग राख्दै काठमाडौंमा मौन प्रदर्शन गरिएको छ ।

समाजवादी प्रेस संगठन नेपालको आयोजनामा मौन प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गर्न तथा मृतक रजकलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट