Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

भूटानले नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाले भुटान डिपोर्ट गरेको र भूटानले नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट