अखिल क्रान्तिकारीकाेे अध्यक्षकाे अगुवाइमा समानान्तर समिति

काठमाडौं, ४ वैशाख । पुर्वान्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त पुतलीसडकस्थित कान्तिपुर सिटी कलेज (KCC) मा अखिल (क्रान्तिकारी) को नेतृत्व बिजय प्रकाश सापकोटाको उपस्थितिमा नै समानान्तर इकाइ समिति गठन भएको छ । उक्त क्याम्पसमा आशिष मगरातीको नेतृत्वमा समिति क्रियाशील छ ।
वैधानिक, क्रियाशील इकाइ समितिसँग कुनै छलफल नै नगरी सङ्गठनका केन्द्रीय अध्यक्षकै उपस्थितिमा समानान्तर कमिटी बनाइएको पूर्वाञ्चल विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थी नेताले जानकारी दिए ।
सङ्गठनको नेतृत्वबाटै समानान्तर समिति बनाइएको अखिल (क्रान्तिकारी ) को इतिहासमा यो पहिलो घटना हो । लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित नेतृत्वबाट निरंकुशताको उदाहरणले सिङ्गो अखिल (क्रान्तिकारी) मा ठूलाे तरंग पैदा भएकाे छ । क्याम्पसको आधिकारिक समिति भने बिधिगत रुपमा सम्मेलनको तयारीमा लागेको छ ।
र, समानान्तर कमिटी बनाएकाे विराेधमा आधिकारिक समितिले वक्तव्य जारी गरेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया