पाल्पाकी टिका विष्टमाथि बुटवलको बुद्धनगरमा एकाबिहानै गोली प्रहार

बुटवल, ६ वैशाख। बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा आज बिहान एक युवती माथि गोली प्रहार भएको छ । पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्री माथि गोली प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनको कम्मर माथि ढाडमा गोली लागेको छ भने उनलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लागि पठाइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी र्दि ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया