Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

न्यायाधीशको हस्तक्षेपप्रति पूर्व महान्यायाधिवक्ताको आपत्ति : “भोट मागेर हिँड्ने न्यायाधीशबाट के न्यायको अपेक्षा ?”


काठमाडौ : नेपाल बार एसोसियसनके पद हस्तान्तरण कार्यक्रममा पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीशहरू निर्वाचन प्रक्रियामा खुलेर संलग्न भएको बताएका छन्।

श्रेष्ठले विशेष रुपमा नेपाल बारको नेतृत्व चयन प्रक्रिया लक्षित गर्दै गम्भीर प्रश्न उठाएका हुन्। “यसपटक उम्मेदवारी तय गर्नेदेखि लिएर कसैलाई उम्मेदवार हुन वा नहुन भन्नेदेखि लिएर भोट माग्ने कामसमेत सर्वोच्च अदालतका न्यायाधीसज्यूहरूले गर्नुभयो,” कार्यक्रममा उनले सार्वजनिकरूपमा बताएका थिए।

श्रेष्ठले न्यायाधीशहरूको यस्तो आचरणप्रति दुःख र आपत्ति प्रकट गर्दै भने, “न्यायाधीसले राजनीति गर्दैन। यदि कुनै विचार थियो भने पनि न्यायाधीस भइसकेपछि छाडेको हुन्छ। न्याय सम्पादन गर्ने क्रममा संविधान र कानुनप्रति प्रतिबद्ध गर्नुपर्ने हुन्छ नै।”

उनले थपे, “दुःखका साथ भन्नुपर्छ, निर्वाचन वकिलको तर उम्मेदवार तय गर्नेदेखि लिएर गठबन्धन गर्नेसम्ममा कसैलाई उम्मेदवार बन नबन भन्नेसहित न्यायाधीसले भोट मागेर हिँडेपछि हुन्छ के?”

नेपाल बार एसोसियसनको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने वकालत गर्दै श्रेष्ठले न्यायपालिका स्वयं नै निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने हो भने त्यसले न्याय प्रणालीको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न खडा गर्ने चेतावनी दिएका छन्।

यसअघि पनि न्यायालयको आन्तरिक र बाह्य स्वायत्तता तथा निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरू सार्वजनिक भइरहे पनि वर्तमान घटनाले सर्वोच्च तहका न्यायाधीशहरूमाथि नै सीधा आरोप लगाइएकाले यो विषय थप गम्भीर बन्न पुगेको छ।

नेपाल बार एसोसियसनको नयाँ नेतृत्व चयनसँगै कानुनी वृत्तमा देखिएको ध्रुवीकरण र न्यायिक निष्पक्षताको प्रश्नले अबको दिनमा कानुन व्यवसायीहरूबीच पनि गम्भीर बहस जन्माउने संकेत देखिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट