Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

पर्सा प्रशासनले समाचार प्रसारणमा रोक लगाउने कार्य गरेकोमा पत्रकार महासंघको ध्यानाकर्षण


काठमाडौं, ८ वैशाख । पर्साको स्थानीय प्रशासनले समाचार सामग्री प्रसारणमा रोक लगाउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका केन्द्रीय सचिव अशोक तिवारी सञ्चालक रहेका ‘ए न्यूज’ मा वैशाख ६ गते साँझ ६ बजे प्रसारणको तयारीमा रहेको सामग्री पुनर्विचार गर्न भन्दै स्थानीय प्रशासनले अनाधिकृत तबरबाट दबाब दिएको पर्सा शाखाले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘समाचारको विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्नेतर्फ महासंघ सचेत गराउँछ ।’

कुनै पनि बहानामा सञ्चारमाध्यममा प्रसारण हुने समाचार रोक्न दबाब दिनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र संविधानविपरीतको कार्य भएको महासंघले जनाएको छ । यसबाट संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारलाई समेत कुण्ठित गरेको महासंघको ठहर छ ।

महासंघ लोकत्रन्त्र र प्रेस स्वतन्त्रताविरोधी यस्ता गतिबिधि नगर्नरनगराउन तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

यसैगरी महासंघ पर्सा शाखाका सदस्य सुरेश बिडारीले लेखेको समाचारलाई लिएर सामाजिक सञ्जालमार्फत गालीगलौज गरिएकोमा महासंघ भत्र्सना गरेको छ । समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जानुपर्नेमा यस प्रकारले पत्रकार धम्क्याउने कार्यले व्यक्तिको सामाजिक प्रतिष्ठा र सद्भावमा आघात पुग्ने ठहर गर्दै यस्ता कार्यमा संलग्नलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग माग गरेको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट