Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

छोरीलालाई करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ


मकवानपुरगढी, ८ वैशाख । मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् ।

आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिए ।

बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म पटक–पटक ललाइफकाइ गरी घरदेखि टाढा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।

प्रहरीका अनुसार किशोरी बाबुको जेठी श्रीमतीकी छोरी हुन् । किशोरीले करिब डेढ हप्ता अघि परिवारका अन्य सदस्यलाई घटनाबारे जानकारी गराएका थिइन् । किशोरीको बयान अनुसार, उनको फुप, अन्य आफन्त र वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउने तयारी भइरहेको छ भने पीडित किशोरी सुरक्षित छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट