Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

तीनकुने घटनामा आगजनी र तोडफोड गरेको आरोपमा झापा अर्जुनधाराका ओमप्रकाश लुइँटेल पक्राउ


काठमाडौं, ८ वैशाख । तीनकुने प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका ५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुइँटेललाई पक्राउ गरेको हो ।

१५ चैतमा तीनकुनेस्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा दुई जनाको मृत्यु र ७० जनाभन्दा धेरै घाइते भएका थिए भने निजी र सरकारी सम्पत्तिमाथि तोडफोड र आगजनी गरिएको थियो ।

प्रहरीले लुइँटेलमाथि निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीलगायतका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीले लुइँटेललाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अघि बढाएको छ। यो घटनामा संलग्न अन्य व्यक्तिहरूलाई समेत पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट