बेपत्ता छानविन र सत्य निरुपण आयोगमा एक सय ११ को आवेदन

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य सिफरिस समितिले अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिएका आवेदकहरुको एकीकृत नामावली आज सार्वजनिक गरेको छ ।
समितिले गत २०८१ चैत्र २८ गते १० दिनको म्याद निर्धारण गरी आयोगका अध्यक्ष तथा सदस्यहरुका लागि आवेदन दिन आह्वान गरेबमोजिम २०८२ बैशाख ६ गतेसम्मको समयसिमा निर्धारण गरी आवेदन आह्वान गरेको थियो ।
आज सार्वजनिक गरिएको नामावली अनुसार दुवै आयोगको अध्यक्षमा ३२ जनाले आवेदन दिएका छन् भने बाँकी ७९ जनाले सदस्य पदका लागि आवेदन दिएका छन् । अध्यक्ष पदमा आवेदन दिने अधिकांशले सदस्य पदका लागि समेत हुने गरी आवेदन दिएका छन् । कुलचन्द्र गौतम, विपिन अधिकारी, राधेश्याम अधिकारी, केदारभक्त माथेमा, कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल हरिहर वस्ती, शेरबहादुर केसी, खिमलाल देवकोटा, लीलादेवी गड्तौला, डिल्लीराज आचार्य लगायतले अध्यक्षसहित सदस्यका लागिसमेत आवेदन दिएका छन् ।
स्मरण रहोस्, हालै प्रमुख तीन दलका शीर्ष नेताबीच तत्कालीन माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताबमोजिम टुङ्गो लगाउनु पर्ने महत्वपूर्ण पाटोका रुपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि ऐन संशोधन गर्ने र आयोग गठन गर्ने सहमति भएको सार्वजनि भएको थियो । शान्ति प्रक्रियाको अति संवेदनशील विषयलाई टुङ्गोमा पु¥याउन पटक–पटक ऐन संशोधन भए पनि आयोगले पूर्णता प्राप्त गर्न सकेको थिएन ।
पहिला यी दुवै कानुबमोजिम गठन हुन ढिला हुँदै गठन भएका थिए । पछि ती आयोग म्याद पनि नथपिएको अवस्थामा शान्तिप्रक्रियाका बाँकी काम अलपत्र परेको अवस्था थियो । अहिले आयोगका पदाधिकारी सिफरिस गर्न गठित समितिले आफूलाई दिएको जिम्मेवारी सक्रियतापूर्वक अगाडि बढाए पनि आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने कतिपय पात्रहरु शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनेभन्दा पनि विथोल्न भूमिका खेल्न पृष्ठभूमिका रहेको देखिन्छ । यस्तो अवस्थामा आयोगले पूर्णता पाउने र सुम्पिएको जिम्मेवारी पूरा गर्नेमै संशय देखिन्छ । शान्ति प्रक्रियालाई तार्किक र सही निष्कर्षमा पु¥याउन चिन्तित सबै पक्षले यस विषयलाई समयमै चनाखोपूर्वक खवरदारी र सचेततापूर्वक ध्यान पु-याउन पनि उत्तिकै आवश्यक रहेको द्वन्द्वपीडित बताउँछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया