Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

सुक्खा पहिरोका कारण दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध


मध्यविन्दु, ९ वैशाख । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालका अनुसार, हाल उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

यति बेला दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् । पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताए ।

दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि मंगलबार ९वैशाख ९० सुक्खा पहिरो खसेको हो ।

दाउन्ने खण्डमा हाल सडक विस्तारका निम्ति दैनिक राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ । रासस


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट