Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

मोरङको कानेपोखरीमा बसको ठक्करबाट दिदीको मृत्यु, भाइ घाइते


मोरङ, ११ वैशाख । मोरङको कानेपोखरी गाँउपालिका– ७ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

वैशाख १० गते काँकरडभिट्टाबाट विराटनगर तर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आँउदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरीको इटहरी उप–महानगरपालिका–४ का ३५ वर्षीय हरी शर्मा, मोटरसाइकलमा सवार निजकै दिदी उदयपुरको बेलका नगरपालिका–४ कि ५५ वर्षीया कुमारी आचार्य घाइते भएकी थिइन् ।

घाइते आचार्यको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको छ। चालक शर्माको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र बस चालक झापा कन्काई– ४ का ५१ वर्षीय सोमनलाल चौधरीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट