Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

जम्मू–कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्टि


बुटवल, ११ वैशख । भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज त्रिवेणीमा अन्त्येष्टि गरिएको हो ।

आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो ।

शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो । सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर गएका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट