माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको उनीहरूको आरोप छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकोको छ । त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गरेका छन् ।
यसैबीच मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएका छन् । उनले आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गरेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया