मोरङको हरैंचामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, १२ वैशाख । मोरङको सुन्दरहरैँचा–१ हरैँचा बजारमा शुक्रबार टिप्परको ठक्करबाट सुनसरीको दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार विराटचोकबाट विराटनगरतर्फ गइरहेको ना.१ क. ६२७० नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०५३ प. ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मियाको घटनास्थलमै मृत्यु भएको हो ।
मियाको मृत्युभएपछि स्थानीय आक्रोशित भएका छन् । मृतकको शव सडकमा राखेर स्थानीय प्रदर्शनमा उत्रिएका छन् । स्थानीयले टिप्परको आगजनीको प्रयास समेत गरेका छन् । भाला, लाठीसहित प्रदर्शनमा उत्रिएको भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले टिप्पर चालक पवन योन्जनलाई नियन्त्रणमा लिएको छ। स्थानीयले टिप्पर सडक कब्जा गरेर गुड्ने गरेको आरोप लगाएका छन् ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया