Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

तमोर नदीमा पौडी खेल्दा एक जना बेपत्ता


ताप्लेजुङ, १३ वैशाख । ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार एक व्यक्ति बेपत्ता भएका छन्। प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी खुवाका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका हुन् ।

ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार शनिबार दिउँसो ३ :४० बजेतिर पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर तामाङलाई बेपत्ता बनाएको हो। फूलबारी पुछार खुवा दोभानस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा तामाङ बेपत्ता भएको खबर हुने बित्तिकै अस्थायी प्रहरी चौकी फूलबारीका प्रहरी र स्थानीय घटनास्थल पुगेका थिए।

नदीले बगाएर बेपत्ता तामाङको खोजी गर्न इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी नायव निरीक्षक (सई) दावा थिङको नेतृत्वमा थप चार जनाको प्रहरी टोली घटनास्थल गएको प्रनाउ रावलले जानकारी दिए। उनका अनुसार प्रहरी र स्थानीयसहितको टोलीले बेपत्ता तामाङको खोजी गरिरहेका छन्।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट