Techie IT
Samayabaddha
आईतबार, १४ वैशाख, २०८२

प्रहरीसँगको झडपमा १५ शिक्षक घाइते


काठमाडौं, १४ वैशाख । आन्दोलनरत शिक्षक र प्रहरीबीच आज नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको बताए ।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

आन्दोलनरत शिक्षक-प्रहरीबीच नयाँ बानेश्वरमा झडप, पानीको फोहोरा प्रहार

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट